दफा
कर्मचारी सम्बन्धी व्यवस्थाः

७. कर्मचारी सम्बन्धी व्यवस्थाः

(१) समितिमा आवश्यक संख्यामा कर्मचारीहरू रहने छन् ।

(२) यो आदेश प्रारम्भ हुँदाका बखत अस्पतालमा कार्यरत कर्मचारीहरूलाई  मन्त्रालयले समितिबाटै तलव भत्ता खाने गरी समितिको काम गर्ने गरी काजमा खटाउनेछ ।

(३) उपदफा (२) बमोजिम समितिमा काजमा खटिएका कर्मचारीलाई आफ्नो स्रोतबाट व्यहोर्ने गरी समितिले थप सुविधा दिन सक्नेछ ।

(४) उपदफा (२) बमोजिम समितिमा काजमा खटिएका नेपाल सरकारका कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम हुनेछ ।

(५) उपदफा (२) बमोजिमका कर्मचारी समितिको लागि पर्याप्त नभएमा आफ्नै स्रोतबाट व्यहोर्ने गरी मन्त्रालयको पूर्व स्वीकृति लिई समितिले खुल्ला प्रतियोगिताद्वारा आवश्यक कर्मचारी नियुक्त गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम नियुक्त कर्मचारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा तोकिएबमोजिम हुनेछ ।